जाजरकोटमा फेरि भूकम्प !

काठमाडाैं | जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान साढे ६ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Advertisement

गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पले ठूलो मानवीय र भौतिक क्षति गराएको थियो ।

यसअघि गत शनिबार बिहान मात्रै बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव दुई रेक्टरको भूकम्प गएको थियो।

More News last news
Loading...