काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई बलिउड अभिनेता जोन अब्राहमले पत्र पठाएका छन् ।चितवनमा जनवरीमा हुने हात्ती महोत्सव रोक्नका लागि बलिउड अभिनेता जोनले मन्त्री पाण्डेलाई पत्रमार्फत आग्रह गरेका हुन् ।
अभिनेता जोनले पर्यटन प्रवर्द्धनका नाममा हात्तीमाथि गरिने व्यवहारप्रति आपत्ति जनाएका हुन् । उनले मन्त्री पाण्डेलाई हात्ती महोत्सव रोक्न आग्रह गरेका छन् । उल्लेखनीय छ, अभिनेता जोन पशुप्रेमी मानिन्छन् । उनले पत्रमा लेखेका छन्, ‘हात्ती महोत्सवमा प्रतियोगिता र खेलको नाममा हात्तीप्रति गरिने व्यवहार संवेदनहीन छ । त्यसैले यस प्रकारका महोत्सवमा हात्तीको प्रयोग रोक्नु पर्छ ।’
जोनले पोलो र फुटबलजस्ता खेलमा हात्तीलाई प्रयोग गर्दा उनीहरूको शारीरिक स्थितिमा नकारात्मक असर पर्ने पनि जिकिर गरेका छन् ।उनले जङ्गल सफारीमा नाममा हात्तीमाथि पर्यटक राखेर जङ्गल घुमाउने परम्परा पनि अन्त्य गर्न माग गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
