नेपाली पार्कर खेलाडी दिनेश सुनारले २०औं पटक लेखाए गिनिज बुकमा नाम

काठमाण्डाै । नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा आँखामा पट्टी बाँधेर हात नटेकिकन १४ पटकसम्म पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गरेका हुन्।

यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो । ‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’ को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी सुनारले रेकर्ड राखेका हुन् ।

Advertisement

यस रेकर्डका लागि प्लाटियम प्रायोजकका रूपमा टप शप काठमाण्डौ र शतिसाल आईआईसीका सञ्चालक न्यूयोर्कका सामाजिक अभियन्ता लकेश श्रेष्ठ थिए। आफ्नो यो सफलता १२ वर्षदेखिको मेहनत र धैर्यताको प्रतिफल रहेको पार्कर खेलाडी सुनाले बताए।

नयाँ पुस्तालाई पार्कर खेलमा अभिप्रेरित गरी खेलमार्फत देशको नाम विश्वसामु उँचो पार्न सकेकामा गौरव सहसूस गरेको उनको भनाइ छ।

More News last news
Loading...