काठमाडाैं | नेपाल सरकारका मन्त्रीहरूले अब विदेशमा बनेका कपडा लगाउन नपाउने भएका छन् । मंसिर २८ गतेको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित गरेसँगै मन्त्रीहरूले विदेशी पोशाक लगाउन नपाउने भएका हुन् ।
मंसिर २७ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीले लडाउने ड्रेस स्वदेशी हुनुपर्ने बताएका हुन् ।
‘सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने निर्देशिका पारित भएपछि सरकारी कार्यालयमा राख्ने डस्टबिनदेखि टेबलमा राख्ने सामान पनि स्वदेशी हुनुपर्यो । मन्त्रीले लाउने पोशाक पनि स्वदेशी हुनु पर्यो,’ मन्त्री गुरुङले भने ।
निर्देशिकाको पूर्णपाठ भने सार्वजनिक भएको छैन । स्वदेशी उत्पादन प्रवर्द्धनका लागि उद्योग मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो । मन्त्रीहरूले विदेशबाट आयातीत महंगा पोशाक, जुत्ता र सामान प्रयोग गर्दै आएका छन् । मन्त्री गुरुङले आगामी दिनमा सरकारले कुनै देशसँग ऋण लिँदा दाताको शर्त स्वीकार नगर्ने निर्णय भएको पनि जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
