आज पनि घट्यो शेयर बजार, मात्र ४ अर्ब ४१ करोडको कारोबार

काठमाण्डौ l शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ३२ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ८२ विन्दुमा झरेको छ । अघिल्लो दिन हिजो पनि शेयर बजार १२ दशमलव ८४ अङ्कले घटेको थियो ।

आज व्यापार, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज ८७ लाख ६८ हजार पाँच सय ६६ कित्ता शेयर चार अर्ब ४१ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

Advertisement

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि घटेको हो । हिजो पाँच अर्ब ६२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो ।

More News last news
Loading...