आज ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाण्डौ । आज सुनको भाउ एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५० हजार एक सय रुपैयाँ रहेको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो।

Advertisement

सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ घट्न थालेको थियो । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको पनि भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ। भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हाे।

More News last news
Loading...