आयुष र अलिजेको टिकटक अकाउन्ट बन्द

काठमाडौं l  टिकटक स्टार आयुष सिंह ठकुरी र अलिजे जमाली दुवैको टिकटक अकाउन्ट बन्द भएको छ । पछिल्लो समय चौतर्फी आलोचित भएका यो टिकटक लभर जोडीको दुवै अकाउन्ट बन्द भएको हो l

हालै आयुषले आफ्नी आमाको बारेमा टिप्पणी गर्दा चारैतिर आलोचना खेपेका थिए भने त्यही कुरालाई लिएर नेपाली समाजलाई सम्बोधन गर्ने क्रममा अलिजेले पनि “हिजडे” भन्दै अपाच्य शब्द प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल भरी आलोचना भएको थियो l

Advertisement

त्यसै कुरालाई लिएर आयुष र अलिजेले आफ्नो फलोअर्स घट्ने एवम् अकाउन्ट ब्यान्ड हुने डरले पहिले नै आफैंले टिकटक अकाउन्ट बन्द गरेको अनुमान गरिएको छ l

यो जोडीले टिकटकबाटै कमाई गरेर किनेको भन्दै समाजिक सञ्जालमा केहि दिन अगाडि मात्रै घर सार्वजनिक गरेका थिए l

 

More News last news
Loading...