काठमाडौं l भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन्।भारतको भ्रमण सकेर काठमाडौं आएका वाङचुक शुक्रबार केही घन्टा काठमाडौंमा रहे।
अनौपचारिक भ्रमणका क्रममा उनले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्र मन्त्री आरजु राणा देउवाले राजा वाङचुकलाई स्वागत तथा बिदाइ गरेकी थिइन्।
भारतबाट स्वदेश फर्कने क्रममा वाङचुक काठमाडौं आएका थिए। राजा वाङचुक शुक्रबार अपराह्न स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
