धादिङ । चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो । सो बुलेटको इन्जिन सडकबाट करिब एकसय पचास मिटर तल भिरमा अड्किएको अवस्थामा छ ।
बुलेट त्रिशुली नदीले बगाएर करिब दुईसय मिटर तल पु र्याएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा परेको ग्यास बुलेटको उद्धारको काम भइरहेको छ।
अहिलेसम्म घाइते कोही नभेएटिएको प्रहरीको भनाइ छ । चालक सहचालक समेत नभेटिएकाले दुर्घटनास्थलमा खोजीको काम भइरहेको छ। सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ । सो क्षेत्र नजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
