गण्डकीको पर्यटन प्रवर्द्धन गर्न व्यवसायी कोशी र मधेस प्रदेशको भ्रमणमा

काठमाण्डौ । पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रालयको सहयोगमा ३० जनाको टोली कोशी र मधेस प्रदेशको भ्रमणमा गएको हो।

टोलीले कोशी र मधेस प्रदेशका मुख्य शहरमा गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यको प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रम गर्नेछ। अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मङ्सिर २८ गतेसम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिनुभयो।

Advertisement

पर्यटन व्यवसायीको टोलीले मधेश प्रदेशको जनकपुरमा, कोशी प्रदेशको इलाम र विराटनगरमा कार्यक्रम गर्ने नाट्टा गण्डकी पूर्व अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो। साथै प्रदेश तथा पालिकासँग सहकार्य बढाउने, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीलगायतलाई पोखरा भ्रमणको निम्तो दिने तयारी छ। यसबाट देशभित्रै आर्थिक गतिविधि बढाउन, स्थानिय संस्कृति, परम्पराको पहिचान गर्न एवम् आन्तरिक पर्यटनलाई टेवा पुग्ने विश्वास गरिएको छ।

More News last news
Loading...