काठमाडाैं | स्थानीय तहको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ । ३० जिल्लाका विभिन्न ४१ पदमा भएको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । उपनिर्वाचन भएका ४१ पदमा कांग्रेसले यसअघि २४ स्थानमा जितेको थियो भने एमाले र माओवादीले सातसात ठाउँमा जितेका थिए । जसपाले २ र स्वतन्त्रले एक स्थानमा जीत हात पारेका थिए ।
अघिल्लोपटक कांग्रेसले जितेको दैलेखेको महाबु गाउँपालिकाको अध्यक्ष यसपटक एमालेले जितेको छ । यसअघि कांग्रेसले जितेको काठमाडौं १६ वडाध्यक्ष रास्वपाले हात पारेको छ ।
नेपाली कांग्रेसका जितेका वडा
१. हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी
२. भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द
३. ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु
४. गढी गाउँपालिका–६तेतर साहु
५. राजपुर नगरपालिका–६ समसे आलम
६. रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर
७. ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक
८. सानीभेरी गाउँपालिका-५ मोतीराम खत्री
९. कीर्तिपुर नगरपालिका-१ इच्छाकुमार महर्जन
१०. डोटी पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा
११. लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु
१२. दुहुँ गाउँपालिका-५ धनसिंह कुँवर
१३. कुशे गाउँपालिका-७ खम्ब बहादुर सिंह
१४. गुल्मी मुसिकोट नगरपालिका-१ आनन्द श्रेष्ठ
१५. बर्दिया ठाकुरबाबा-४ अमिन थारू
एमालेका जितेका पालिका र वडा
१. दैलेख महाबु गाउँपलिका अध्यक्ष– जंगबहादुर शाही
२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी
३. शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान
४. रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ
५. दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही
६. मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ
७. सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन
माओवादीले जितेका वडा
१. नुवकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे
२. उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार वान्तवा
३. धनुषा नगरपालिका–१ मा सुनिल काफर केवट
४. गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर
५. पुथा उत्तरगंगा–२ मा जगत घर्ती
रास्वपाले जितेको वडा
१. काठमाडौं–१६, रोजिना श्रेष्ठ
नेकपा एकीकृत समाजवादी
१. रौतहट गढीमाई–८ मा बजरंगीप्रसाद यादव
जसपाले जितेका वडा
१. सप्तरी डाक्नेश्वरी–१ धिरेन्द्रकुमार साह
२. डाक्नेश्वरी–४ मा देवेन्द्रप्रसाद यादव
नेमकिपाले जितेको वडा
१. कालिकोट तिलगुफा(४ को मा खड्कराज शाही
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
