काठमाडौं । स्याङ्जको फेदीखोलामा रहेको अमोर सेवा नेपाल (बाल गृह) की सञ्चालक कमला पराजुली ‘आइकन अफ गण्डकी’ प्रदेश अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल युवा परिषद्ले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय युवा सम्मेलनको उद्घाटन समारोहमा महिला तथा बालबालिका विद्यामा पराजुलीले उक्त अवार्ड प्राप्त गरेकी हुन् । लामो समयदेखि बालगृह सञ्चालन गर्दै आएकी पराजुलीले यसअघि पनि प्रादेशिक तथा राष्ट्रिय अवार्ड प्राप्त गरिसकेकी छिन् ।
यस्तै अन्य विभिन्न ९ विधामा पनि उक्त अवार्ड प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा पत्रकारितामा विजय नेपाल, समाजसेवामा प्रिन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सूचना तथा प्रविधिमा रबिन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेश रजिष्ट्रार भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्डबाट सम्मानित गरिएको थियो ।

आईकन अफ गण्डकी प्रदेश’का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनौट समितिसमेत चयन गरेको थियो । जसमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियान्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए । यो समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेशभित्रका १० जना छनौट गरी परिषद् समक्ष पेस गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
