एजेन्सी । भारतीय क्रिकेट टिमले अस्ट्रेलियामा भएको बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पहिलो टेस्टमा ठूलो जित निकालेको छ । भारतले अस्ट्रेलियालाई चौथो दिनमा २ सय ९५ रनले हराएको हो । ५ सय ३४ रनको विशाल लक्ष्यको जवाफमा घरेलु टिम २ सय ३८ रनमा समेटिएको थियो ।
भारतले २०१८–१९ मा अस्ट्रेलियामा टेस्ट सिरिज जितेको थियो । यसपछि २०२०–२१ मा जितेको थियो । हालको सिरिजमा भारतको पहिलो इनिङमा राम्रो भएको थिएन् । मात्र १ सय ५० रन बनाएर अलआउट भएको थियो । तर, यसको जवाफमा अस्ट्रेलियाले झनै खराब ब्याटिङ गर्दै १ सय ४ रनमै समेटियो ।
दोस्रो इनिङमा भने भारतले निकै राम्रो खेल्यो र ५ सय ३३ रनको अग्रता बनायो । भारतका लागि शतक प्रहार गरेका युवा क्रिकेटर यशस्वी जयसवालले १ सय ६१ रन र अनुभवी ब्याटर विराट कोहलीले १ सय रनको योगदान दिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
