काठमाडौं । गायिका नितु पौडेल र कृष्ण भटराईको स्वर रहेको गीत ‘पिरतीले सल्काइदेउ’ बजारमा आएको छ। लोक राईको शब्द तथा बाबुल गिरीको संगीत र एरेन्ज रहेको गीत बजारमा आएको हो।
गीतको म्युजिक भिडियोमा साया भण्डारी, अनुराग थपलिया, प्रिन्स युवराज कार्की र रानु कार्कीको अभिनय देख्न सकिन्छ । करण सिंह चैसिरले छायांकन गरेको भिडियो सन्देश विकले कोरियोग्राफरी गरेका हुन्। उक्त गीतको म्युजिक भिडियो तपस्या युट्युब च्यानलमा हेर्न सकिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
