स्याङ्जा । खुमा अर्याल फाउन्डेसनले युएईमा हालै सम्पन्न महिला यु–१९ टी–२० विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई जनही एक लाख रुपियाँसहित सम्मान गरेको छ ।
भीरकोटमा कार्यालय रहेको खुमा फाउण्डेशनले बुधबार पुतलीबजार नगरपालिका–१ की ज्योत्सिना मरासिनी, १३ की सीमाना केसी र कुसुम गोदारलाई नगद पुरस्कारबाट सम्मान गरिएको हो ।
फाउण्डेशनले आफ्नो छैटौँ वार्षिक उत्सवका अवसरमा भीरकोट नगरपालिका–७ मा गरिएको सम्मान कार्यक्रममा स्याङ्जा क्षेत्र नं–१ का सङ्घीय सांसद राजु थापा लगायतले नगदसहित सम्मान गरेका हुन् ।
फाउन्डेसनले आफ्नो छैठौं स्थापना दिवस गण्डकी मेडिकल कलेज पोखरा र जिल्ला रेडक्रस सोसाइटी स्याङ्जासंगको सहकार्यमा खुला रक्तदान तथा विशेषज्ञ सेवा सहितको नि:शुल्क स्वास्थ्य शिबिर समेत सम्पन्न गरेको छ ।
कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको छ भने, ६६६ जनाले स्वास्थ्य लाभ लिएको संस्थाका सचिव धुब्र शर्माले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
