खुमा अर्याल फाउन्डेसनले स्याङ्जाको भीरकोटमा स्वास्थ शिबिर आयोजना गर्ने

स्याङ्जा । खुमा अर्याल फाउन्डेसनले स्याङ्जाको भिरकोट वडा नं ७ मा विशेषज्ञ डाक्टर सहित स्वास्थ शिबिर तथा खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

फाउन्डेसनले आफ्नो छैठौं स्थापना दिवस पारेर नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा आउदो मंसिर ५ गते कालिका बहुमुखी क्याम्पस बल्माटा भिरकोटमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

Advertisement

कार्यक्रममा गण्डकी मेडिकल कलेज पोखराका विशेषज्ञ डाक्टरहरु द्वारा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा , नाक कान घाँटी रोग सेवा, स्त्री रोग सेवा, हाड जोर्नी तथा नसा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो एक्सरे सेवा र फार्मेसी सेवा विशेषज्ञहरुबाटै प्रदान गरिने छ।

नेपालका प्रतिस्ठित व्यावसायी एवं समाजसेवी खुमा अर्याल फाउन्डेसनका नाममा स्थापना भएको यस सस्थाले स्थापना काल देखिनै शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ ।

उक्त स्वास्थ्य शिबिरमा आउने बिरामीहरुलाई मध्यनजर गरेर उक्त दिन करेन्डाडा, बयरघारी तथा अर्जुनचौपारी बाट शिवीर स्थान सम्म निशुल्क यातायातको ब्यबस्था गरिएको सस्थाका सचिव ध्रुब शर्माले जानकारी दिए ।

More News last news
Loading...