पहिलो पाइला नेपाल स्याङ्जाको अध्यक्षमा मरासिनी

स्याङ्जा । पहिलो पाइला नेपाल, पुतलीबजार स्याङ्जाको अध्यक्षमा पवन मरासीनी निर्वाचित भएका छन् ।

पुतलीबजार नगरपालिका १ प्रगतिनगर स्थित ब्लु पर्ल इभेन्टसको सभाहलमा भएको शाखाको दोस्रो अधिवेशनले मरासिनीको अध्यक्षतामा २ सदस्य पछि थप गर्नेगरी ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा सुवास कोइराला, सचिवमा देवदत्त सुवेदी, सहसचिवमा स्वीकृती पोखरेल र कोषाध्यक्षमा विशाल ढुंगाना निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा अशिम भण्डारी, यादव पौडेल, शुशिला रेग्मी, सदिक्षा ढकाल निर्वाचित भए ।

अधिबेशनको उदघाटन गर्दै पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले युवाहरु सबै विदेश पलायन भएको अवस्थामा युवाहरुले पहिलो पाइला नेपाल सामाजिक सस्थामा रहेर सामाजिक कार्यहरु गर्दै समाजमा पुर्याएको योगदान अतुलनिय रहेको बताइन ।

More News last news
Loading...