काठमाडौं । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत निर्यात आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । शुक्रबार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल, विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भारतका भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक शुरुवात गर्नुभएको छ ।
नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको शुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रवारबाट बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो ।
नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको छ । शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत निर्यात शुरु हुनु दक्षिण एशियामा विद्युत व्यापारमा कोशेढुङ्गा सावित भएको बताउनुभयो । उहाँले विद्युत निर्यातको लागि गत असोजमा नै त्रिपक्षीय सम्झौताअनुसार आजदेखि भारत हुँदै बंङलादेशमा विद्युत निर्यात शुरु भएको बताउनुभयो । उहाँले बंलादेशमा विद्युत निर्यातको लागि सहजिकरणको लागि भुमिका खेल्ने भारत सरकार र बंलादेश सरकारलाई धन्यवाद दिनुभयो ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट करिव ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
