फेरि महँगियो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडाैं | नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको सुनको भाउ आज दुई हजार रुपैयाँ बढेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज शनिबार पनि सोहि मूल्यमा कारोबार हुने छ ।

Advertisement

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० पुगेको नेपाल महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएको थियो ।

More News last news
Loading...