कलंकीको भाटभटेनीमा महानगरले चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा डोजर चलाएको छ । नदी किनारा अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै शुक्रबार डोजर प्रयोग गरी अवैध संरचना भत्काएको हो ।

यसअघि नै महानगरले सो संरचना हटाउन सूचना जारी गर्दा आफैँ हटाउने भनेर नहटाएपछि महानगरले खोला किनारा खोज्ने काम गरेको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। भाटभटेनीले कब्जा गरेको खोला किनार खुला गरी करिडोर सडक बनाउने तयारी रहेको शाहले बताए ।

Advertisement

More News last news
Loading...