काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उहाँले सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै उहाँले ७० प्रतिशत प्रगति भएको दाबी गर्नुभएको हो । उहाँले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताउनुभयो।
अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उहाँको भनाइ छ ।
सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उहाँले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी गर्नुभयो। उहाँले सरकार ढल्छ भन्ने आशा नगर्न विपक्षीलाई अनुरोध गर्नुभयो । उहाँले जुनसुकै कालखण्डको भए पनि भ्रष्टचारीमाथी कारबाही हुने बताउनुभयो।
पूर्ण पाठ :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
