आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ। सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ६ सय पुगेको छ।

Advertisement

यस अघि आइतबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

More News last news
Loading...