बलिउड सुपरस्टार रजनीकान्त अस्पतालमा भर्ना, स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि बलिउड सुपरस्टार रजनीकान्तलाई भारतको चेन्नईस्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । सोमबार अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यद्यपि, अस्पताल वा रजनीकान्तको टोलीले यस सम्बन्धमा कुनै आधिकारिक जानकारी नदिएको समाचारमा उल्लेख छ ।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार रजनीकान्तले पेट दुखेको गुनासो गरेका थिए । त्यसपछि उनलाई थप उपचारका लागि चेन्नईको एपोलो ग्रीम्स रोड अस्पतालमा भर्ना गरिएको थियो । रजनीकान्त अहिले लोकेश कनागराजको फिल्म कुलीको सुटिङमा थिए । यसअघि सेप्टेम्बर ३० मा उनले दिग्गज फिल्म निर्माता एसपी मुथुरामन र एभीएम सरवणनलाई भेटेका थिए ।

Advertisement

रजनीकान्तको जय भीम निर्देशक टीजे ज्ञानवेलसँगको पहिलो फिल्म ‘वेत्तायन’ अक्टोबर १० मा रिलिज हुँदैछ । लाइका प्रोडक्सनसँगको सहकार्यमा बनेको यस फिल्ममा अमिताभ बच्चन, फहद फासिल, राणा दग्गुबाती, मञ्जु वारियार, ऋतिका सिंह र दुशारा विजयनको पनि अभिनय रहेको छ । फिल्मको संगीत अनिरुद्ध रविचन्द्रले दिएका छन् । छायांकन एसआर कथिरले गरेका हुन् ।

More News last news
Loading...