आज दिउँसो बस्नेगरी सर्वदलीय बैठक आह्वान

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन्। आज दिउँसो एक बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ।

बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको भन्दै अविरल वर्षापछिको बाढीपहिरो एवम् विपद्, उद्धार, जनधनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो।

Advertisement

केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास निरन्तर भइहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

More News last news
Loading...