सिद्धार्थ सहकारीको अध्यक्षमा तिर्थराज गर्तौला सर्वसम्मत

दुलेगौंडा । शुक्लागण्डकी–३ कवासेमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा तिर्थराज गर्तौला सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रवार दुलेगौंडामा सम्पन्न ११ औं साधारणसभा एवम् चौथो अधिवेशनबाट उपाध्यक्षमा विर्सना श्रेष्ठ, सचिवमा दिपक सापकोटा, कोषाध्यक्षमा नवराज गर्तौला सर्वसम्मत भए ।

सदस्यहरुमा तिल बहादुर कार्की, यामलाल पौडेल, सम्मर बहादुर कार्की, रवि भण्डारी, कृष्णप्रसाद सापकोटा, रुपा गुरुङ, राम प्रसाल लम्साल, विष्णु बहादुर परियार र लक्ष्मी कुमारी श्रेष्ठ रहेका छन् । लेखा समिति संयोजकमा उदय पौडेल र सदस्यहरुमा  सुर्य गहतराज र विनोद कुमार मल्ल चयन भए ।

अधिवेशनको जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष एवम् राष्ट्रिय सहकारी बोर्डका कार्यकारी सदस्य प्रदिपराज अधिकारीले उद्घाटन गर्दै केहि सहकारीका कारण निति नियममा चलेका सहकारीलाई समेत अहिले विभिन्न आरोपहरु लाग्न थालेको बताउदै सहकारीका सिद्धान्त अनुसार चल्नुपर्नेमा जोड दिए ।

शेयर सदस्य शेषमणि आचार्यले सदस्यको हितमा सहकारी चल्नुपर्ने बताए । सो अवसरमा सहकारीका प्रबन्धक बाबुराम देवकोटालाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको थियो ।  सहकारीका अध्यक्ष शिव बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तिर्थराज गर्तौला र सञ्चालन सचिव दिपक सापकोटाले गरेका थिए।

More News last news
Loading...