काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उनकै निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
बैठक असोज १३ गते आइतबार दिनको २ बजेका लागि बोलाइएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए। मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको पराजुलीले जानकारी दिए।
दल दर्ताका लागि निर्वाचन आयोगमा दलको लेखा परीक्षण प्रतिवेदन‚ बैठकको निर्णय प्रतिलिपि लगायत विषय उपलब्ध गराउनुपर्ने हुन्छ। यसैका लागि बैठक बोलाइएको उनले बताए। साथै कांग्रेसले दसैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमको विषयमा पनि छलफल र निर्णय हुने उनले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
