ज्योषिय हिसाबमा राशिअनुसार भाग्य र ग्रहदशा जस्तै प्रेम सम्बन्ध पनि फरक फरक हुन्छ । कसैको प्रेम फाप सिद्ध हुन्छ भने कतिपयको प्रेममा बाधा व्यवधान पनि आइपर्ने हुन्छन् । हुन त यो व्यक्ति अनुसार फरक फरक हुन्छ तर राशिअनुसार केहि कुराहरु थाहा पाउन र सोहि अनुसार अगाडी बढ्नु राम्रो हुन्छ । प्रस्तुत छ राशिअनुसारको प्रेम सम्बन्ध । गणितिय ज्योतिष भवेश भट्टराई ।
मेष राशि : मेश राशिका जोडीकोबीचमा समस्या आइरहन्छ तर कुनै पक्षले अलिकति मात्र समझदारी पुर्याएमा भने समस्या समाधान हुन समय लाग्दैन।
वृष राशि : यो राशिका जोडीलाई विवाह बचाउँन मुस्किल पर्छ। खासगरी यो राशिका पुरुष कतिबेला प्रेमी बन्ने कि जीवनसाथी भन्ने अलमलमै जीवन विताउँछन्।
मिथुन राशि : मिथुन राशिका ब्यक्ति आपसी समझदारी कायम राख्न सबै भन्दा उत्कृष्ठ मानिन्छन्। यो राशिका ब्यक्तिले प्रेमी प्रेमिकालाई साथ पनि दिन्छन्।
कर्कट राशि : कर्कट राशिका ब्यक्तिलाई प्रेममा समस्या आइरहन्छ। खासगरी स्वास्थ्य समस्या हुने भएका कारण यो राशिका ब्यक्ति कम बोल्ने हुन्छन्। जसले सम्बन्धमा समस्या आइरहन्छ।
सिंह राशि : सिंह राशिका ब्यक्तिको प्रेम निकटतामा मात्र सम्भव हुन्छ। टाढा हुने वित्तिकै यिनीहरुसँग सम्बन्धमा समस्या आउँछ । यो राशिका ब्यक्ति प्रेमी प्रेमीकासँग नछुट्टिनु बुद्धिमानी हुन्छ।
कन्या राशि : कन्या राशिका ब्यक्तिको प्रेममा धेरै उतार चढाव आउँदैन । यिनीहरुको सम्बन्ध निक्कै बलियो हुने हुँदा चाहेर पनि छुटाउन सकिँदैन । तर यो राशिका ब्यक्ति प्रेम ब्यक्त गर्न र परिवारमा भन्न भने डराउँछन्।
तुला राशि : तुला राशिका ब्यक्ति प्रेमलाई भन्दा प्रतिष्ठालाई महत्व दिन्छन् । यसले कहिले काँहि प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ । कहिले काँहि यिनीहरुको घमण्डले प्रेम नै टुक्रिन सक्छ । तर कहिले भने अत्याधिक झुक्ने बानी समेत यिनीहरुमा हुन्छ।
वृश्चिक राशि : यो राशिका ब्यक्ति प्रेमको विषयमा निक्कै धेरै सोंच्छन् । सोंच्ने बढी र प्रेम ब्यक्त कम गर्ने समस्या यो राशिका ब्यक्तिमा हुन्छ । यो राशिका ब्यक्तिको प्रेममा उतार चढाव आइरहन्छ।
धनु राशि : धनु राशिका ब्यक्तिको प्रेममा समस्या आइरहन्छ । प्रेम, जीवन, निजी जीवन तथा कार्यक्षेत्रमा सन्तुलन मिलाउन नसक्दा यिनीहरुले प्रेममा झन्झटको सामना गर्छन्।
मकर राशि : मकर राशिका ब्यक्तिले अहंकार देखाउने भएका कारण प्रेममा झन्झट ब्यहोर्छन्। यो राशिका ब्यक्तिले प्रेमी प्रेमीकासँग रवाफ देखाउँछन् । यसका कारण प्रेम सम्बन्धमा मधुरता समाप्त हुँदै जान्छ।
कुम्भ राशि : कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ। यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ।
मीन राशि : मीन राशिका ब्यक्तिले प्रेमलाई अत्याधिक महत्व दिन्छन् । अनावश्यक महत्व दिने भएका कारण यो राशिका ब्यक्ति प्रेममा दुःखी भैरहन्छन् । आफ्नो निजी जिन्दगी र प्रेम तथा कार्यालय वा ब्यापारको बिचमा दुरी कायम राख्न सक्दैनन् । अनि समस्या परिरहन्छ ।
“एक परामर्श जसले बदल्न सक्छ तपाईको भाग्य”
भाग्य र कर्म को सही सम्योजनबाट नै जीवनलाई सफल बनाउन सकिन्छ । के तपाई पनि आफ्नो भूत, भविष्य, बर्तमान, प्रेम, रोजगार,ब्यापार, बैदेशिक यात्रा, कम्प्युटर पद्धतिबाट ।चिना बनाउने तथा हेर्ने, बास्तु, घर, घडेरी जस्ता सम्पूर्ण ज्योतिषीय समस्याको सरल एवं सटिक समाधान चाहानु हुन्छ ? यदि चाहानु हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
ज्योतिषिय परामर्शका लागि गणितिय ज्योतिष भवेश भट्टराई
कार्यालय: पाेखरा बिन्दुबसिनी .
सम्पर्क : 9846855211, 9827122027
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
