काठमाडौँ । सुनको भाउले आज अर्को कीर्तिमान बनाएको छ। आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो। सुनको भाउले पछिल्ला केही दिनदेखि लगातार नयाँ रेर्कड बनाउँदै आएको छ।
त्यस्तै, आज चाँदीको भाउ भने पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो भने चाँदीको भाउमा घटबढ भएको थिएन । हिजो चाँदीको भाउ अस्तिको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कायम रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
