१२ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ, १७ देखि देशभर रुट परमिट खुला

काठमाडौँ । दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने भएको छ। यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

‘दसैँको अग्रिम टिकट बुकिङ आगामी १२ गतेदेखि खुला गर्ने आजको छलफलमा निर्णय भएको छ,’ उनले भने। यसअघि दसैँका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच ठोस सहमति जुट्न सकेको थिएन।

Advertisement

१७ गतेदेखि देशभर रुट परमिट खुला गरिने

असोज १७ गतेदेखि देशभर रुट परमिट खुला हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गर्ने निर्णय गरेको हो । यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर लागु हुने गरी रुट परमिट खुला गरिने छ ।

यस्तै, बैठकले ट्रेलरलगायतका ठुला सवारी साधनहरू असोज १७ गतेदेखि सडकमा रोक लगाउने पनि निर्णय भएको छ। निर्णय भनिएको छ, ‘दसैँ, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यका भित्रिने यात्रुहरूलाई सहजिकरण गर्न उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाति, सातदोवाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदी र नाडाको सहयोग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गर्ने ।’

यस्तै लामो तथा मध्यम दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनले आफ्नो तोकिएको पालो (क्यु) मा सञ्चालन गर्नुपर्ने छ । क्युमा सञ्चालन नगरी रिजर्भमा जान पाइने छैन ।

More News last news
Loading...