गौतमबुद्ध विमानस्थलमा पुनः नियमित उडान गर्दै जजिरा एयर

काठमाडौँ । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ। जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ।

जजिराले कुवेत (भैरहवा–कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको छ। प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समय भित्रको सेड्युल मागेको थियो। सोही अनुसार जजिराले अनुमतिका लागि पत्र पठाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

Advertisement

विमानस्थल बन्द भइसकेको समय ९रात० को समयमा एउटा मात्र जहाजका लागि सबै समय दिँदा सञ्चालन खर्च अनावश्यक बढ्ने भएकाले प्राधिकरणले जजिरालाई विमानस्थल खुलेको समयमा उडान राख्न आग्रह गरेको थियो।

More News last news
Loading...