काठमाडौँ । सदावहार लोकप्रिय सर्जक/गायक कस्तुप पन्तको शब्द/सङ्गीतमा रोमान्टिक शैलीको गीत ‘मगमग वासना’ सार्बजनिक भएको छ। नेपालीहरुको महानपर्व वडादशैँको पुर्वसन्ध्यामा कोशेली स्वरुप गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वरमा नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक गरिएको हो ।
गीतमा माया प्रेमबाटै अन्तयात्रा हुनसक्ने चर्चा गरिएको छ । गीतका शब्द सरल र मिठासपूर्ण छन् । लोक तथा आधुनिक गीतसंगीतमा एउटा अलग्गै उँचाइ बनाउन सफल सर्जक पन्तको यो गीतले पछिल्लो समय लोकगीतसंगीतमा देखिएको मौलिक खडेरी टारेको छ । गीतको एरेन्ज एचबिएन किस्मतले गरेका हुन्।
गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय छ। प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । गीत सर्जक कस्तुपकै अफिसियल युट्युब च्यानल कस्तुप पन्त युट्युबबाट सार्वजनिक गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
