लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै राधाकृष्ण वृद्धाश्रमको पाँचौं अधिवेशन सम्पन्न

लेखनाथ । पोखरा ३२ स्थित राधाकृष्ण वृद्धाश्रमको १२ औं वार्षिक साधारण तथा पाँचौं अधिवेशनले विश्वराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको प्रथम उपाध्यक्षमा शोभामोहन पौडेल, द्वितीय उपाध्यक्षमा सनबहादुर गुरुङ (कालु), महासचिवमा रजनी लामिछाने, कोषाध्यक्षमा शिवबहादुर थापा, उपमहासचिवमा सञ्जीवकुमार ढेवाजु छन् । सदस्यमा सीता कुँवर र पार्वती लामिछाने चयन भए । रिक्त २ सदस्य पछि थप गरिने बताइएको छ ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष अक्कलबहादुर कार्कीले ज्येष्ठ नागरिक समाजका लागि जिउँदो इतिहास .भएको बताए । उनले ज्येष्ठ नागरिकको अनुभव आत्मसाथ गर्दै ज्येष्ठ नागरिकले बुढेसकालमा दुःख नपाउन् भन्न राज्यले पनि छुट्टै नीति ल्याउनुपर्ने सुझाव दिए ।

Advertisement

राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त मुकुन्दशरण उपाध्यायले यहाँ रहेका सबै संघसंस्थाको सामूहिक भावना भनेको ज्येष्ठ नागरिकको सेवालाई प्रभावकारी बनाउने भएकाले सबैका बीच सहकार्यको आवश्यकता औंल्याए ।

संस्थाका कावा अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रेम लिगल, राधाकृष्ण गुरुकुलका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मी, राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेशबहादुर खत्री, सिड फाउण्डेसन कास्कीका निर्देशक दामोदरभक्त थापा, गगनगौंडा खानेपानी उपभोत्ता संस्थाका अध्यक्ष राजु केसी, सम्मानित व्यक्तित्व पत्रकार भीमपाणी बराल र लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटी अध्यक्ष बद्रीनाथ पौडेल लगायतले संस्थागत हितका लागि सामूहिक भावनाको खाँचो रहेको औंल्याए ।

संस्थाका महासचिव शोभामोहन पौडेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शिवबहादुर थापाले आर्थिक प्रतिवेदन पेस गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विश्वराज लामिछाने र धन्यवाद ज्ञापन सदस्य सनबहादुर गुरुङले गरेका थिए ।

कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भीमपाणि बराल, सिड फाउण्डेसनका निर्देशक दामोदरभक्त थापा र लेखनाथ लायन्स क्लब अफ गार्डेन सिटी अध्यक्ष बद्रीनाथ पौडेललाई सम्मान गरिएको हो ।

More News last news
Loading...