सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता

काठमाडौँ । रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता भएको छ । सुदूर पूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर६६ हेलिकप्टर बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् ।

हाल खोजी कार्य जारी छ । जेया नगरपालिका जिल्लामा दर्ता नगरी उडान गरिरहेको हेलिकप्टर बेपत्ता भएको रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाले जनाएको छ ।

Advertisement

More News last news
Loading...