सिटी एक्सप्रेसको दशैं-तिहार योजना सार्वजनिक

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै उपहार योजना सार्वजनिक गरेको छ । १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमाआफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुसी साट्न लगातार ९० दिन सम्म सञ्चालन हुने “१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौ गुणा” उपहार योजना घोषणा गरिएको सिटी एक्सप्रेसले जनाएको छ।

उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको सिटी एक्सप्रेस ले जनाएको छ ।

Advertisement

कम्पनीका अनुसार यो योजना असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ।

More News last news
Loading...