ग्लोबल युथ नेटवर्क बनाउँदै जय नेपाल फाउन्डेसन

काठमाडौं । जय नेपाल फाउन्डेसनको ग्लोबल युथ नेटवर्क बनाउने भएको छ । फाउण्डेसनले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट युथ नेटवर्क घोषणा गर्न लागेको हो । असोज ५ गते हुने कार्यक्रमबाट जय नेपाल इन्टरनेशनल फाउन्डेसन युवा समिति घोषणा गरिनेछ ।

मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागी स्थापित जय नेपाल फाउन्डेसनको संगठन विस्तार गरी विश्वभर छरिएका प्रजातन्त्रवादीहरुलाई एकत्रित गरिएको छ । जय नेपाल फाउन्डेसन हाल २५ देशका युबाहरु केन्द्रीय समितिमा रहेका छन् ।

Advertisement

राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्न सक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम सञ्चालन गर्ने उद्देश्यले फाउण्डेसन स्थापना गरिएको फाउण्डेसनका अध्यक्ष यादव पण्डितलले जानकारी दिए ।

More News last news
Loading...