फेरि सिमलतालबाट त्रिशूलीमा खस्यो ट्रक

काठमाडौँ । ६२ जना यात्रुहरूसहित दुई बस खसेको दुइ महिनापछि सोहि स्थानबाट आज ट्रक खसेको छ । ना ६ ख ६२८३ नम्बरको ट्रक आइतबार बिहान त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

‘सिमलतालबाट ट्रक खसेको छ । तर त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ,’ ।

Advertisement

यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरूमध्ये २४ जनाको मात्र शव भेटिएको थियो । तीनजना भने पौडिएर बाँच्न सफल भएका थिए भने खसेका बस अहिलेसम्म पनि फेला परेका छैनन् ।

More News last news
Loading...