सोच्नै नसकिने गरी बढ्यो आज सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो।

जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ।

यसैबिच शुक्रबार चाँदीको मूल्य पनि १ हजार ८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियो । यस हिसाबले चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेको छ।

More News last news
Loading...