असोज ३ गतेदेखि अस्थायी रुपमा धरहरा खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । असोज ३ गतेदेखि अस्थायी रुपमा धरहरा खुला गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको हो ।

गोरखा भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले उनको अघिल्लो कार्यकालमा ६० प्रतिशत पनि निर्माणको काम नसकिँदै २०७८ वैशाख ११ गते हतार-हतार धरहरा उद्घाटन गर्नु भएको थियो ।

Advertisement

तर पनि त्यसयता सर्वसाधारणले धरहरा चढ्न पाएका छैनन् । अब भने आगामी असोज ३ गतेदेखि सर्वसाधारणले धरहरा चढ्न पाउने भएका छन् ।

More News last news
Loading...