काठमाडौं । नेपालमा बहुमूल्य वस्तु सुनको भाउ एक वर्षमै ४१ हजार रुपैयाँले बढेको छ । गत वर्ष भदौ २६ गते प्रतितोला एक लाख १२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर एक लाख ५३ हजार चार सय रुपियाँ पुग्यो । एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको गोरखापत्रले विभिन्न स्रोतलाई उदृत गर्दै समाचार छापेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशतमा पु–याएकाले पनि सुनको मूल्य थप महँगो पर्न गएको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार भन्सार दर बढेका कारण तोलामा सुनको मूल्य सात हजार थप बढ्न गएको हो ।
सुनको मूल्य लगातार बढ्दै गए पनि कारोबार भने न्यून अवस्थामा रहेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले उपभोक्तासँग पर्याप्त मात्रामा क्रयशक्ति नहुँदा बजारमा सुनको माग न्यून भई कारोबारमा उलेख्य गिरावट आएको बताए । सुनचाँदीको कारोबारमा ७५ प्रतिशतले गिरावट आएको उनको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
