आज घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यले थोरै घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलाको १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, बिहीबार चाँदीको मूल्य भने थोरै बढेको छ। बुधबार तोलामा १ हजार ७८० रुपैयाँ कायम भएकोमा बिहीबार १५ रुपैयाँ बढेर १ हजार ७९५ रुपैयाँ कायम भएको हो।

Advertisement

More News last news
Loading...