यूरोप अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा कलाकार इकु पक्राउ

काठमाडौं । कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–४ धुमबाराही बस्ने ललितपुर धापाखेल घर भएका ४० वर्षीय ईकु भनिने सुलेमान शंकरलाई मंगलबार पक्राउ गरेको प्रहरीले केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Advertisement

विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा विदेश लैजाने भनी एसएमएस फिल्म्स् प्रालिको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा पीडितहरूबाट प्रति व्यक्ति १५ देखि २० लाख रूपैयाँ सम्म जम्मा गर्न लगाई सम्पर्कबिहीन भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं हात्तीगौंडाबाट पक्राउ गरेको हो ।

उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । १० महिना अघि पनि सुलेमान १ लाख ५० हजारसहित जुवाको खालबाट पक्राउ परेका थिए ।

More News last news
Loading...