फेरि स्प्रिडमा उकालो लाग्दै सुनको भाउ, कति बढ्यो आज ?

काठमाडौं । आज (मंगलबार) पनि नेपाली बजारमा सुन चाँदीको मूल्य उकालो लागेको छ । आज सुन प्रतितोला २०० रुपैयाँ बढेर प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ५२ हजार २०० र चाँदी १ हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

पछिल्लो समय धेरै बढ्ने र थोरै घट्ने गर्दै सुनको भाउमा उतारचढाब आएपनि मुल्य बृद्धिको उकालो यात्रा भने तिब्र त ।

More News last news
Loading...