मलेसियाबाट घर फर्किन लागेका एक नेपालीको एयरपोर्टमै मृत्यु

काठामाडौं । मलेसियाबाट घर फर्किन लागेका एक नेपालीको एयरपोर्टमै मृत्यु भएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका–११ स्थायी घर भइ रोजगारीको शिलशिलामा पछिल्लो साढे ४ वर्षदेखि मलेसियामा रहेका ४३ वर्षीया रुपलाल चौधरी शनिबार दिउँसो नेपाल फर्किने क्रममा एयरपोर्टमै ज्यान गएको हो ।

दिदी, भिनाजु र आफन्तलाई फोन गरेर मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी गरेका चौधरीको बोर्डिङ पास सकिएर लगेजहरु पठाएपछि अन्दस्पर्ट ढलेर ज्यान गएको परिवारले जनाएको छ। सो दिन उनको नेपाली समय अनुसार ३ बजेको फ्लाइट थियो ।

Advertisement

भाइ लोकमणि चौधरीले घरमा पठाएको खबर अनुसार जहाज पर्खिरहेका बेला रुपलाल अचानक ढलेका थिए । उनको एयरपोर्टमै मृत्यु भइसकेको थियो । उनको पोर्टमार्टम हुन भने बाँकी छ ।

More News last news
Loading...