जाजरकोटमा पहिरोमा पुरिएको २ जनाको मृत्यु, ढुँगाले लागेर एक जनाको ज्यान गयो

काठमाडौँ । अविरल वर्षाका कारण जाजरकोटको बारेकोट गाउँपालिका–६ तल्लो टोल धुम बस्ने ४७ वर्षीय मान बहादुर चलाउनेको घर शनिबार राती पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर मान बहादुर र उनकै श्रीमती ४८ वर्षीया प्रेम कुमारी चलाउनेको मृत्यु भएको हो।

मान बहादुरको घर पहिरोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नायकवाडाबाट खटिएको प्रहरीले आवश्यक उद्दार एवम् खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो। साथै पहिरोमा परी घाइते भएकी ११ वर्षीया सम्झना चलाउनेलाई उपचारको लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेततर्फ पठाइएको छ।

Advertisement

यसैगरी, डोटीको आदर्श गाउँपालिका-३ आगर बस्ने ६१ वर्षीया कौमती देवी ऐरको पहिरो सहित आएको ढुंगाले लागेर शनिबार दिउँसो मृत्यु भएको छ।

सोही गाउँपालिका–६ सवखोलास्थित छोरीको घर जाने क्रममा सोही गाउँपालिका–३ धनियाँ खोलास्थित बाटोमा हिँडिरहेको अवस्थामा पहिरो सहित आएको ढुंगाले लागेर उनको घट्नास्थलमै मृत्यु भएको हो । साथै घाइते भएकी सोही गाउँपालिका–३ बस्ने कर्ण बहादुर ऐरकी छोरी १४ वर्षीया भुवनेश्वरी ऐरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...