नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छिन्। बिहीबारको मन्त्रिपरिषद बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै पालामा गठित सिफारिस समितिले सार्वजनिक रुपमा आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो।

Advertisement

तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले संगीता पहाडी, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेकोमा वर्तमान केपी ओली नेतृत्वको सरकारका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए ।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको मुद्दा लागेर निलम्बन भएसँगै पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आएकी थिइन् । यसअघि पनि उनी सम्भावित दाबेदारका रूपमा लिइँदै आएकी थिइन् ।

More News last news
Loading...