आज झन् घट्यो सुन, कति भयो तोलाको ?

काठमाडौँ । साताको दोस्रो दिन (सोमबार) आज पनि स्थानीय बजारमा सुनको मूल्य झन् घटेको छ। आज सुन तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १ हजार ७९५ रुपैयाँमा किनबेच भएको थियो । शुक्रबार र हिजो आइतबार पनि सुन र चाँदीको मूल्य घटेको थियो ।

Advertisement

More News last news
Loading...