स्ववियू निर्वाचन कार्यतालिकाले पिएनमा तात्यो माहोल, नेबिसंघले तिमिल्सिनालाई बनायो संगठन प्रमुख

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै पृथ्वीनारायण (पिएन) क्याम्पसमा विद्यार्थी संगठनहरूको चहलपहल सुरु भएको छ। लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ सबैभन्दा बलियो प्रतिस्पर्धी संगठन रहेको छ।

संगठनलाई चलायमान चुस्त दुरुस्त सबै साथीहरूलाई सहभागिता दिँदै गर्दा संगठनको सबैभन्दा महत्वपूर्ण विभाग मानिने र नेपाली कांग्रेसको पनि सबैभन्दा महत्वपूर्ण र उपयुक्त संगठन निर्माणका निम्ति नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसले संगठन विभाग समेत निर्माण गरेको छ।

Advertisement

संगठन विभागमा नेपाल विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पसको उपसभापति विवेक तिमिल्सिना लाई नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसका सभापति सुशील न्यौपानेले नियुक्ति गरेका हुन्। तिमिल्सिना लामो समयदेखि पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको विभिन्न तह र तप्कामा र विभिन्न पदमा रहँदै काम गर्दै आएका छन्।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएको हुँदा संगठनलाई निर्वाचन जिताउनका निम्ति आफू संगठन निर्माणमा सदैव रहिरहेको र अब झन् बढी जिम्मेवारी सभापतिले विश्वास गरेर दिनुभएकोमा म यसलाई पूर्णरूपमा संगठन निर्माणमा लाग्ने उपसभापति तथा संगठन विभाग प्रमुख विवेक तिमिल्सिनाले बताए।

More News last news
Loading...