नेपालमा आयो उत्कृष्ट माइलेज दिने स्पोर्टी स्मार्ट स्कुटर, कति पर्छ मूल्य ?

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस–६ एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा उक्त स्कुटरको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो।

सो नयाँ भेरिएन्टमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआई बिएस–६ प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्ने जनाइएको छ। यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध छन्।

Advertisement

साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि यस भेरियन्टमा उपलब्ध छ । एनटर्क डिस्क बिएस–६ एफआईको मूल्य २ लाख ७९ हजार ९०० तोकिएको छ। अन्य ब्राण्डका ११० सिसिको मूल्यजति नै मूल्य रहेको एनटर्क १२५ सिसिको यो भरियन्ट यती धेरै फिचरहरुका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धी भएको कम्पनीले जनाएको छ ।

टिभिएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्ट्सको एक घण्टाभित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्राण्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ । साथै, यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस–६ एफआई राइडरहरूको लागि पहिलो रोजाई हुने कम्पनीको विश्वास छ।

More News last news
Loading...