यसकारण अझै खुलेन नेपालमा टिकटक

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको भएपनि औपचारिक रुपमा पत्राचार नगर्दा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रतिबन्ध कायमै राखेका छन् । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकमा टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको बताएपनि यो सर्त के–कस्तो सर्तको आधारमा टिकटक खोल्ने स्पष्ट नभएका कारण अझै टिकटकमाथिको प्रतिबन्ध हटेको छैन।

Advertisement

यसअघि, गत कात्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। त्यतिबेला पनि टिकटकले विभिन्न सर्तहरु मानेमा प्रतिबन्ध हटाउने सरकारले बताउँदै आएको थियो।

प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन नदिएका कारण औपचारिक रुपमा नै टिकटकमाथिको प्रतिबन्ध भने हटेको छैन। प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक ब्लक नगर्न वा टिकटकमा पहुँच दिन निर्देशन दिएपछि मात्रै टिकटक औपचारिक रुपमा चल्छ। तर, अहिले नै पनि धेरै जसो इन्टरनेट सेवा प्रदायकको नेटकर्वमा टिकटक चलिरहेको छ।

More News last news
Loading...