फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ ।  सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रवार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

गएको बुधवार सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो । आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ।

Advertisement

अस्ति तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाका एक हजार आठ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

More News last news
Loading...